
कम्प्युटर भाइरस भन्नाले त्यस्ता मालिसियस (हानिकारक) प्रोग्रामहरू जनाइन्छ जसले तपाईँको कम्प्युटर प्रणालीमा नोक्सान पुर्याउने काम गर्छ। भाइरसहरू प्रायः अन्य सफ्टवेयर वा फाइलमार्फत कम्प्युटरमा प्रवेश गर्छन् र पछि ती फाइलहरू नष्ट पार्न, प्रणालीको गति सुस्त बनाउन, व्यक्तिगत डाटा चोरी गर्न वा अनावश्यक कार्य गर्न सुरु गर्छन्। केही भाइरसहरूले तपाईँको कम्प्युटरलाई बोटनेटको हिस्सा बनाएर साइबर अपराधमा प्रयोग गर्न सक्दछन्।
विभिन्न माध्यमबाट भाइरस तपाईँको कम्प्युटरमा प्रवेश गर्न सक्छ। सबैभन्दा सामान्य तरिका भनेको इन्टरनेटबाट डाउनलोड गरिएका नक्कली सफ्टवेयर, क्र्याक गरिएको प्रोग्राम वा पायरेटेड सामग्री हो। यस्ता सामग्रीहरूमा लुकेर भाइरस कम्प्युटरमा सिधै इन्स्टल हुन्छ। त्यस्तै, स्पाम इमेलहरूमा आएको अट्याचमेन्ट वा लिंकहरूमा क्लिक गर्दा पनि भाइरस सक्रिय हुन्छ।
कम्प्युटर भाइरसबाट जोगिनको लागि पहिलो र सबैभन्दा प्रभावकारी उपाय भनेको एक भरपर्दो एन्टिभाइरस सफ्टवेयर इन्स्टल गर्नु हो। यस्ता सफ्टवेयरहरूले वास्तविक समयमा हरेक फाइल वा प्रोग्रामको स्क्यान गरेर भाइरस निस्तेज पार्ने काम गर्छन्। थप रूपमा, समय समयमा तपाईँको प्रणालीको फुल स्क्यान गर्नु, सफ्टवेयर तथा अपरेटिङ सिस्टमलाई सधैँ अपडेट राख्नु, र क्र्याक वा पायरेटेड प्रोग्राम नचलाउनु निकै महत्त्वपूर्ण उपाय हुन्।
यदि तपाईंको कम्प्युटरमा भाइरस लागेको शंका लागिरहेको छ भने, पहिले आफ्नो डाटा सुरक्षित स्थानमा ब्याकअप गर्नुहोस्। त्यसपछि, भरपर्दो एन्टिभाइरस सफ्टवेयर जस्तै Avast, Kaspersky, Bitdefender, Windows Defender आदि प्रयोग गरी फुल स्क्यान गर्नुहोस्। यदि भाइरस गम्भीर प्रकृतिको छ भने सुरक्षित मोडमा गएर स्क्यान गर्नु राम्रो हुन्छ। कहिलेकाहीँ, भाइरसले एन्टिभाइरस सफ्टवेयर नै निष्क्रिय बनाउने गर्छ, यस्तो अवस्थामा कम्प्युटर System Restore वा फर्म्याट गर्नु पर्ने हुन सक्छ।
Pracas Upreti is a long-time active personality in the field of information technology. He has been consistently writing about information technology, digital media, and innovative technologies. Through his writings and research, he has shown a deep interest in the use, impact, and evolution of technology.






