डेंगु के हो?
डेंगु एक प्रकारको भाइरल संक्रमण हो, जुन मुख्यत: Aedes aegypti जातको मच्छरको टोकाइबाट सर्छ। यो मच्छर दिनको समयमा बढी सक्रिय हुन्छ र सफा पानीमा पनपन्छ। यो मच्छर संक्रमित व्यक्तिलाई टोकेको खण्डमा भाइरस लिन्छ र अर्को स्वस्थ व्यक्तिलाई टोकेपछि भाइरस सार्छ।
डेंगुका प्रमुख लक्षणहरू
डेंगु लागेपछि सामान्यतः लक्षण देखा पर्न ३–७ दिन लाग्छ। यसका लक्षणहरू निम्नानुसार छन्:
उच्च ज्वरो (१०२°F भन्दा माथि)
टाउको दुख्ने, विशेष गरेर आँखाको पछाडि
जोर्नी र मासपेशी दुख्ने
शरीरमा रातो डम्मा (rash)
वाकवाकी लाग्ने वा बान्ता हुने
थकान र कमजोरी
रगत बग्ने समस्या (गम्भीर अवस्थामा)
डेंगुको गम्भीर अवस्थालाई “Dengue Hemorrhagic Fever” वा “Dengue Shock Syndrome” भनिन्छ, जुनमा रगत बग्ने, रक्तचाप घट्ने र अङ्गहरूमा असर पुग्न सक्छ।
डेंगु मच्छरको बारेमा जान्नैपर्ने कुरा
डेंगु फैलाउने मच्छर:
बिहान सबेरै र दिउँसो सक्रिय हुन्छ।
प्राय: घरभित्र वा घरको वरिपरि टोक्छ।
सफा, जमेको पानीमा अण्डा दिन्छ (फूलदानी, प्लास्टिकको भाँडो, टायर, पानी टंकी आदि)।
यस मच्छरको जीवनचक्र छोटो हुन्छ (५–७ दिन), तर यो छोटो अवधिमा धेरै मानिसलाई संक्रमित बनाउन सक्छ।